Rishabh Pant became the most expensive cricketer in IPL sold for INR 270 million

काठमाडौं, इन्डियन प्रिमियर लिग (आइपिएल) २०२५ को अक्सनमा ऋषभ पन्तलाई लखनउ सुपर जायन्ट्सले २७ करोड भारतीय रुपैयाँमा खरिद गर्दै आइपिएल इतिहासकै महँगो खेलाडी बनाएका छन्।

Rishabh Pant became the most expensive cricketer in IPL sold for INR 270 million

पन्तसँगै पन्जाब किङ्ग्सले श्रेयस एयरका लागि २६ करोड ७५ लाख भारतीय रुपैयाँ खर्च गरे। श्रेयसको आधार मूल्य दुई करोड रुपैयाँ मात्र रहेको थियो।

पछिल्लो सिजनको अक्सनमा अस्ट्रेलियाका तेज बलर मिचेल स्टार्क कीर्तिमानी २४ करोड ७५ लाख रुपैयाँमा बिक्री भएका थिए, जसलाई कोलकाता नाइट राइडर्सले खरिद गरेको थियो। यो सिजन भने स्टार्कलाई दिल्ली क्यापिटल्सले ११ करोड ७५ लाख रुपैयाँमा आफ्नो टिममा समावेश गर्‍यो।

तेज बलर अर्सदीप सिंहलाई पन्जाब किङ्ग्सले १८ करोड रुपैयाँमा, मोहम्मद सामीलाई सनराइजर्स हैदरावादले १० करोड रुपैयाँमा, र इङ्ल्यान्डका जस बटलरलाई गुजरात टाइटन्सले १५ करोड ५० लाख रुपैयाँमा खरिद गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *