Rekha Paudels decisive goal in the final round of the Abu Dhabi AFC Womens Champions League in the UAE

काठमाडौँ, नेपाली फुटबल खेलाडी रेखा पौडेलको निर्णायक गोलमा यूएईको अबुधाबी एएफसी महिला च्याम्पियन्स लिगको अन्तिम चरणमा प्रवेश गरेको छ।

Rekha Paudels decisive goal in the final round of the Abu Dhabi AFC Womens Champions League in the UAE

प्रारम्भिक चरण अन्तर्गत समूह ए को अन्तिम खेलमा रेखाले दोस्रो हाफमा गरेको एक मात्र गोलमा अबुधाबीले साउदी अरेबियाको अल नासेरलाई १-० ले हराउँदै समूह विजेता बनेको हो।

वैकल्पिक खेलाडीको रुपमा मैदानमा प्रवेश गरेकी रेखाले ६८औं मिनेटमा गोल गर्दै अबुधाबीलाई अग्रता दिलाएकी थिइन् र त्यही गोल निर्णायक बन्यो।

समूह चरणमा सबै तीन खेल जित्दै रेखा सम्मिलित अबुधाबी पहिलोपटक एएफसी महिला च्याम्पियन्स लिगको अन्तिम चरणमा प्रवेश गरेको छ। यो नेपाली फुटबलको लागि अर्को महत्वपूर्ण सफलता हो।

पहिलेको खेलमा रेखाले लाओसको योङ एलिफन्ट्सविरुद्ध पनि गोल गर्दै च्याम्पियन्स लिगको डेब्यु खेलमा गोल गर्ने पहिलो नेपाली खेलाडी बनेकी थिइन्।

अब रेखा एएफसी च्याम्पियन्स लिगको अन्तिम चरणमा खेल्ने पहिलो नेपाली खेलाडी बन्ने छिन्। समूह चरण पार गरेको अबुधाबी अन्तिम चरणमा समूह ए मा परेको छ, जहाँ चीनको बुहान जिएन्ग्डा, दक्षिण कोरियाको इन्चोन रेड एन्जल्स र मलेसियाको सबाह पनि रहेका छन्।

मलेसियन क्लब सबाह पनि प्रारम्भिक चरण पार गरेर अन्तिम चरणमा छनोट भएको हो। सबाह नेपालको एपीएफ क्लब समेत सहभागी रहेको समूह सी को विजेता बन्दै अन्तिम चरणमा पुगेको हो। एपीएफसँग बराबरी खेलेको सबाहले उज्वेकिस्तानको नासाफलाई अन्तिम खेलमा हराउँदै समूह विजेता बनेको हो।

पहिलोपटक ठूलो प्रतियोगिता खेलेको एपीएफले एक बराबरी र एक हारको नतिजा निकाल्दै समूह चरणबाटै बाहिरिएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *