काठमाडौं, आइतबार राति केन्द्रीय कार्यालयमा उपस्थित कार्यकर्तालाई सम्बोधन गर्दै लामिछानेले आफूलाई जेल पठाउने निर्णयको प्रतिवाद गर्ने घोषणा गरेका छन्।

उनले भने, “ध्यान बचत फिर्ता गराउनेमा छैन, यिनको ध्यान रवि लामिछानेलाई जेल पठाउनेमा छ, रास्वपालाई सिध्याउनेमा छ। जुन हामी हुनै दिदैनौ।”
सभापति लामिछानेले कार्यकर्तालाई अलर्ट रहन निर्देशन दिँदै भने, “मलाई भरोसा छैन, यो सरकारले जे पनि गर्न सक्छ। यो सरकार दुई तिहाइको छ।” उनले सरकारको संभावित षड्यन्त्रको विरोध गर्दै “कानूनी, नैतिक र राजनीतिक” तरिकामा लड्न तयार भएको बताए।
“म अभिमन्यू होइन, यो चक्रब्यूहबाट निस्कन आउँछ,” उनले थपे। लामिछानेले चीनमा गएको आफ्ना नेताहरु स्वदेश फर्कने तयारी गरिरहेको पनि जानकारी दिए।
