काठमाडौँ, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी शुक्रबार युक्रेन पुगेका छन्। यस भ्रमणको क्रममा, प्रधानमन्त्री मोदीले युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीसँग भेट गरेका छन्।

दुवै नेताले रुसी मिसाइल आक्रमणमा धेरै बालबालिका मारिएको स्थानको भ्रमण पनि गरेका छन्।
प्रधानमन्त्री मोदीले सामाजिक सञ्जाल एप्समा भेटको भिडिओ पोस्ट गर्दै, बालबालिकाका परिवारलाई यो क्षति सहन सक्ने शक्ति मिलोस् भनी प्रार्थना गरेका छन्। भिडिओमा मोदीले राष्ट्रपति जेलेन्स्कीसँग अंकमाल गरेका छन्।