President Pushmakamal Dahals message on the occasion of Constitution Day

काठमाडौं, नेकपा (माओवादी केन्द्र)का अध्यक्ष र पूर्वप्रधानमन्त्री पुष्मकमल दाहाल प्रचण्डले सबै प्रकारका अराजकता र निरङ्कुशतावादी सोचका विरुद्ध नेपाल राष्ट्र र नेपाली जनतालाई एकताबद्ध गर्न आवश्यक रहेको बताएका छन्।

President Pushmakamal Dahals message on the occasion of Constitution Day

संविधान दिवस र राष्ट्रिय दिवसका अवसरमा बिहीबार बिहान जारी गरेको शुभकामना सन्देशमा प्रचण्डले नेपालका उत्पीडित वर्ग, जाति, क्षेत्र, लिङ्ग र समुदायलाई वर्तमान संविधानले अधिकार सम्पन्न बनाएको उल्लेख गरेका छन्।

प्रचण्डले भनेका छन्, “यस ऐतिहासिक दिवसको अवसरमा संविधान निर्माणमा योगदान दिने देशभित्र र बाहिरका सम्पूर्ण नेपाली जनताप्रति हार्दिक बधाई र शुभकामना व्यक्त गर्न चाहन्छु। देशलाई संघीय लोकतान्त्रिक गणतन्त्रको संविधान निर्माणको स्तरमा पुर्याउन महान् जनयुद्ध, ऐतिहासिक जनआन्दोलन, मधेश आन्दोलन लगायतका विभिन्न आन्दोलनमा प्राण उत्सर्ग गर्ने महान सहिदहरूलाई भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *