Prachanda's displeasure - allegations that the leaders hesitated to use the word Maoist people's warPrachanda's displeasure - allegations that the leaders hesitated to use the word Maoist people's war

काठमाडौं, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेताहरुले माओवादी जनयुद्ध शब्द प्रयोग गर्न हिचकिचाएकोमा असन्तुष्टि व्यक्त गरेका छन्।

Prachandas displeasure allegations that the leaders hesitated to use the word Maoist peoples war

बुधबार संसदमा टीआरसी विधेयकसम्बन्धी छलफलमा भाग लिँदै प्रचण्डले नेताहरुले अहिले पनि हिंसात्मक द्वन्द्वको सन्दर्भमा माओवादी जनयुद्ध शब्द प्रयोग गर्न नचाहेकोमा आपत्ति जनाए। उनले भने, ‘माओवादी जनयुद्ध शब्द प्रयोग गर्दा मानौं, ठूलो मुद्दा उठाउँदा जस्तो व्यवहार गरिन्छ।’

प्रचण्डले संविधानको अनुसूचीमा जनयुद्ध शब्दको उल्लेख भएको कुरामा नेताहरुको ध्यानाकर्षण गराए। उनले थपे, ‘यदि जनयुद्ध केवल ध्वंसात्मक, गैरराजनीतिक र अविचारिक मात्र हुन्थ्यो भने आज हामीले शान्ति प्रक्रियाको विश्वव्यापी मोडलको रूपमा चर्चा गर्न सक्दैनथ्यौँ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *