एजेन्सी, टेलर स्विफ्टले अमेरिकी उपराष्ट्रपति कमला ह्यारिसलाई राष्ट्रपति पदको बहसपछि समर्थन जनाउँदै इन्स्टाग्राममा पोस्ट गरिन्।

उनले ह्यारिसलाई आत्मनियन्त्रण भएकी प्रतिभाशाली नेता भन्दै शान्तिपूर्ण नेतृत्वले मुलुकमा धेरै हासिल गर्न सकिने विश्वास व्यक्त गरिन्।
स्विफ्टको पोस्टले २३ लाखभन्दा बढी लाइक पाएको छ, जहाँ उनले आफ्नो बिरालोको तस्वीर पनि समावेश गरिन्। उनका समर्थकहरू, विशेषगरी युवा महिलाहरू, यस पोस्टमा आकर्षित भएका छन्।
उनको समर्थन ट्रम्पविरुद्धको असहमति र २०२० मा जो बाइडेनको समर्थनसँग मेल खाँदै आएको छ। फक्स न्युजको सर्वेक्षण अनुसार, स्विफ्ट डेमोक्रेटहरूमाझ लोकप्रिय छिन्।