Pokhara Avengers presented a target of 104 runs against Karnali Yaks

काठमाडौं नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत मंगलबारको दोस्रो खेलमा पोखरा एभेन्जर्सले कर्णाली याक्सलाई १०४ रनको लक्ष्य प्रस्तुत गरेको छ। पोखरा टोलीले विलियम बोसिस्टोको घातक बलिङ सामना गर्दै १६.३ ओभरमा सबै विकेट गुमाउँदै १०३ रनमा समेटियो।

Pokhara Avengers presented a target of 104 runs against Karnali Yaks

बोसिस्टोले ४ ओभरमा मात्र २८ रन खर्चेर ६ विकेट लिँदै लिगकै उत्कृष्ट प्रदर्शन गरे। यो लिगमा एक खेलमै यति धेरै विकेट लिने उनी पहिलो बलर हुन्।

पोखराले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेपछि राम्रो सुरुवात गरेको थियो। ओपनर दिनेश खरेल र आन्द्रियस गाउसले ३.५ ओभरमै ४६ रनको साझेदारी गरे। गाउसले १२ बलमा २५ रन (४ चौका, १ छक्का) र खरेलले १९ बलमा २६ रन बनाए। तर, उनीहरू आउट भएलगत्तै पोखराले लय गुमायो।

मध्यक्रमका ब्याटरले निराशाजनक प्रदर्शन गरे। रेमन राइफरले २६ बलमा २० रन, कप्तान कुशल भुर्तेलले ११ बलमा ९ रन बनाए। अन्त्यतिर विपिन खत्रीले १० रन थपे।

कर्णालीका लागि सोमपाल कामी, विपिन शर्मा, र युनिस खत्रीले समान १–१ विकेट लिए।

कर्णालीको यो लिगको पाँचौं खेल हो। यसअघि टोलीले दुई खेल जितेर र दुई खेलमा हार बेहोरिसकेको छ। ४ अंकसहित टोली लिगको चौथो स्थानमा छ।

पोखराको भने यो चौथो खेल हो। तीन खेलमध्ये एक जित र दुई हारसहित पोखरा २ अंकसहित छैटौं स्थानमा छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *