Spain won the mens soccer gold medal at the Paris Olympics 1ब्राजिलको साओ पाउलोमा विमान दुर्घटना, ५८ यात्रु र चालक दलका ४ सदस्यको मृत्यु

काठमाडौँ, ब्राजिलको साओ पाउलोमा शुक्रबार एक विमान दुर्घटनामा ५८ यात्रु र चालक दलका ४ सदस्यहरूको मृत्यु भएको छ। भिन्हेडो सहर नजिकै रहेको भ्यालिनोसका स्थानीय अधिकारीहरूले विमानमा सवार सबैको मृत्यु भएको पुष्टि गरेका छन्।

Spain won the mens soccer gold medal at the Paris Olympics 1

भोएपास एयरलाइन्सका अनुसार, दुई इन्जिन भएको टर्बोप्रप विमान दक्षिणी राज्य परानाको कास्केभेलबाट साओ पाउलो सहरको मुख्य विमानस्थलतर्फ उडेको थियो। तर, उक्त विमान शुक्रबार दिउँसो भिन्हेडो सहरमा दुर्घटनामा परेको छ।

सामाजिक सञ्जालमा प्रकाशित भिडिओ फुटेजमा विमान घुमिरहेको र सिधै तल खसेको देखिन्छ। विमान आवासीय क्षेत्रमा खसेको बताइएको छ।

घटनास्थलमा प्रहरी र दमकलको टोली पुगिसकेको छ र स्थानीय अस्पताललाई सचेत गराइएको छ। ब्राजिलका राष्ट्रपति लुला दा सिल्भाले दुर्घटनाको खबर सुनेपछि एक कार्यक्रममा एक मिनेटको मौन धारण गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *