Untitled design 7

काठमाडौँ, हाल देशभर मनसुनी वायुको प्रभाव सक्रिय रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार, मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर रहेकोले देशभर आंशिकदेखि साधारणतया बदली छ। गण्डकी र कर्णाली प्रदेशका एक, दुई स्थानमा हल्का वर्षा भइरहेको जानकारी छ।

Untitled design 7

आज दिउँसो, देशभर आंशिकदेखि साधारणतया बदली रहने र कोशी, लुम्बिनी, कर्णाली, तथा सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। मधेस, बागमती, र गण्डकी प्रदेशका थोरै स्थानमा पनि वर्षा हुने अनुमान गरिएको छ।

कोशी, बागमती र गण्डकी प्रदेशका एक,दुई स्थानमा भारी वर्षाको सम्भावना रहेकाले ती क्षेत्रमा बाढी, पहिरो तथा भूक्षयजस्ता प्रकोपको जोखिमबाट जोगिन सतर्कता अपनाउन मौसम विभागले अनुरोध गरेको छ।

राति पनि देशभर आंशिकदेखि साधारणतया बदली रहने अनुमान छ। कोशी प्रदेशका केही स्थानमा, लुम्बिनीको तराई क्षेत्रका एक,दुई स्थानमा, तथा पहाडी भूभागमा हल्कादेखि मध्यम वर्षा हुने सम्भावना रहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *