काठमाडौँ, हाल देशभर पश्चिमी वायुको आंशिक प्रभाव रहनुका साथै कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागमा स्थानीय वायुको पनि आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। यसको प्रभावले मधेस र लुम्बिनी प्रदेश लगायत देशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली देखिएको छ भने बाँकी भूभागमा आंशिक बदलीसँगै मौसम मुख्यतया सफा रहेको छ।

आज दिउँसो देशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रहनेछ भने बाँकी क्षेत्रमा मौसम मुख्यतया सफा रहनेछ। गण्डकी प्रदेशका थोरै स्थानहरूमा तथा कोशी, बागमती, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी क्षेत्रका एक–दुई स्थानमा हल्का देखि मध्यम वर्षाको सम्भावना छ।
आज राति कोशी, गण्डकी, र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रहने अनुमान गरिएको छ, बाँकी स्थानमा मौसम सफा रहनेछ। कोशी, गण्डकी, र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका केही स्थानमा हल्का वर्षा हुनसक्ने सम्भावना पनि छ।
महाशाखाले गण्डकी प्रदेशका थोरै स्थानहरूमा तथा कोशी, बागमती, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेकोले कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा आंशिक असर पर्न सक्ने भन्दै आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ।
