काठमाडौं, सहकारीसम्बन्धी संसदीय छानबिन विशेष समितिको सभापति सूर्य थापाले प्रतिवेदन पेश गरेपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदहरुले संसद भवन परिसरमा संचारकर्मीहरुसँग प्रतिक्रिया जनाए। समितिका सदस्य शिशिर खनालले रवि लामिछानेलाई सहकारीको रकम हिनामिना आरोपमा पूर्ण क्लिनचिट दिएको दाबी गरेपछि रास्वपा सांसदहरुले खुशी मनाए।

रास्वपा सभापति लामिछानेले प्रतिवेदन पढ्न नपाएको बताउँदै सहकारी ठगीमा संलग्नता नहुँदा स्पष्ट भएको दाबी गरे। उनले प्रतिवेदनका मुख्य बुँदाहरुको आलोचना गरे र कांग्रेस नेताहरुप्रति इशारा गरे।
समितिको प्रतिवेदनमा लामिछानेलाई क्लिनचिट दिएको छैन, बरु कारबाहीका लागि सिफारिस गरिएको छ। रिपोर्टमा सहकारीको रकम अनियमित रुपमा गोर्खा मिडियामा प्रयोग भएको पुष्टि भएको छ।
समितिका सदस्यहरु रास्वपाका सांसदहरुलाई ‘क्लिनचिट’को दाबीलाई गलत व्याख्या गर्दै थप अनुसन्धान र कानुनी कारबाहीको आवश्यकता रहेको बताएका छन्।