काठमाडौं, कानुन, न्याय र संसदीय मामिला मन्त्री अजय कुमार चौरसियाले बेपत्ता व्यक्तिहरूको छानबिन, सत्य निरूपण र मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक, २०७९ माथि छलफल गर्न प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको संसद सचिवालयले जानकारी दिएको छ।

साथै, बेपत्ता व्यक्तिहरूको छानबिन, सत्य निरूपण र मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक, २०८१ लाई पारित गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको पनि उल्लेख गरिएको छ।
साउन २३ गते, टिआरसी विधेयक सम्बन्धमा गठित राजनीतिक कार्यदलले प्रमुख दलका नेताहरूलाई प्रतिवेदन बुझाएको थियो। प्रधानमन्त्री केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवा, र नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले यस अधिवेशनमा विधेयक पारित गर्ने प्रतिबद्धता जनाएका थिए।

