Parliament needs to legislate for the operation monitoring and control of MCC. Secretary General Netravikram Chand

काठमाडौँ, नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का महासचिव नेत्रविक्रम चन्दले अमेरिकी अनुदान परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) लाई नेपालको मातहत ल्याउन सरकारलाई कानून बनाउने माग गरेका छन्।

Parliament needs to legislate for the operation monitoring and control of MCC. Secretary General Netravikram Chand

चन्दले एमसीसीलाई नवऔपनिवेशिक उद्देश्यको परियोजना भन्दै संसद्‌ले यसलाई स्वीकार गरेको तर अब यसलाई सम्पूर्ण रूपमा नेपाल मातहत ल्याउने कानुन बनाउनुपर्ने बताएका छन्।

उनले मंगलबार काठमाडौंमा आयोजित अन्तरक्रिया कार्यक्रममा एमसीसीको परिचालन, अनुगमन र नियन्त्रण संसद्‌ले कानून बनाउने आवश्यकता औंल्याए। चन्दले यस परियोजनाले नेपालको हितमा नभए पनि तत्काल खारेज गर्ने सम्भावना नभएको उल्लेख गर्दै, सरकारलाई यसलाई कानुनी रूपमा नियन्त्रणमा ल्याउने पहल गर्न अनुरोध गरेका छन्।

अमेरिकाले आफ्नो सैन्य रणनीति विस्तार गर्न एमसीसी जस्ता परियोजनाहरू अघि बढाइरहेको आरोप लगाउँदै, चन्दले यसलाई स्वीकार गर्न नसकिने अडान राखेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *