काठमाडौं, ३३औँ ग्रीष्मकालीन ओलम्पिक, अर्थात् पेरिस ओलम्पिक २०२४, भव्य समापन गरिएको छ। संयुक्त राज्य अमेरिका ४० स्वर्ण, ४४ रजत, र ४२ कास्य पदक सहित कुल १२६ पदक जित्दै पहिलो स्थानमा रह्यो। दोस्रो स्थानमा जनगणतन्त्र चीनले ४० स्वर्ण, २७ रजत, र २४ कास्य पदक सहित कुल ९१ पदक जितेको छ। जापान २० स्वर्ण, १२ रजत, र १३ कास्य पदक सहित कुल ४५ पदक जित्दै तेस्रो स्थानमा रह्यो।

समापन समारोह पेरिसको स्टेड डे फ्रान्समा ८० हजार दर्शकबीच भव्य रूपमा सम्पन्न भयो। समापन समारोहलाई भव्य कन्सर्टको रूपमा मनाइएको थियो, जहाँ खेलाडीहरूको उपलब्धि र आयोजक शहर पेरिसको सफलतालाई मनाइयो।
समारोहमा ओलम्पिक ज्वालालाई औपचारिक रूपमा निभाएर लस एन्जलस ओलम्पिक २०२८ आयोजक समितिलाई ओलम्पिक झण्डा हस्तान्तरण गरियो। अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी (आईओसी)का अध्यक्ष थोमस बाकले खेलकुदले विश्वलाई एकतामा राख्ने क्षमता भएको भन्दै ओलम्पिक खेलको प्रशंसा गरे।
समापन समारोह मनमोहक र आकर्षक थियो, जहाँ विभिन्न हलिउड कलाकारहरूले प्रस्तुति दिए। नेपालबाट सात खेलाडीहरूले सहभागिता जनाए पनि कुनै पदक जित्न सकेनन्।