Overwhelmed by Monsoon winds heavy rains in some places

काठमाडौँ, देशभर हाल मनसुनी वायुको प्रभाव जारी रहेको छ। मनसुनको न्यून चापीय रेखा पश्चिमतिर सरदर स्थानको आसपास र पूर्वतिर सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको जनाइएको छ।

Overwhelmed by Monsoon winds heavy rains in some places

मौसम पूर्वानुमान महाशाखाका अनुसार सोमबार देशभर आंशिक देखि साधारणतया बदली रहनेछ। कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा र बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

दिउँसोका समयमा कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा र बाँकी प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना छ। राति कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका एक-दुई स्थानमा पनि भारी वर्षा हुनसक्ने अनुमान गरिएको छ।

भारी वर्षा हुने क्षेत्रमा गेग्रान बहाव, बाढी, पहिरो र भू-क्षय जस्ता प्रकोपको जोखिम वा क्षतिबाट बच्नका लागि आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *