On the occasion of Civil Service Day the government will honor 40 people with awards

काठमाडौं, निजामती सेवा दिवसको अवसरमा सरकारले ४० जनालाई पुरस्कारसहित सम्मान गर्ने निर्णय गरेको छ।

On the occasion of Civil Service Day the government will honor 40 people with awards

उत्कृष्ट निजामती सेवा पुरस्कारबाट १० जनालाई र निजामती सेवा पुरस्कारबाट ३० जनालाई सम्मानित गरिने छ। पुरस्कार राशी अनुसार उत्कृष्ट पुरस्कारको रकम १ लाख रुपैयाँ र निजामती सेवा पुरस्कारको रकम ५० हजार रुपैयाँ छ।

आज शनिबार सिंहदरबार परिसरमा आयोजना हुने निजामती सेवा दिवस समारोहमा प्रधानमन्त्री केपी शर्मा ओलीले कर्मचारीहरुलाई सम्मान र पुरस्कार वितरण गर्नेछन्।

तर, २ लाख रुपैयाँ राशिको सर्वोत्कृष्ट निजामती सेवा पुरस्कार यस वर्ष पनि नदिइने भएको छ। पछिल्लो ८ वर्षदेखि सरकारले सर्वोत्कृष्ट कर्मचारी घोषणा गरेको छैन। २०७३ सालमा सचिव शान्तराज सुवेदीले यो पुरस्कार प्राप्त गरेका थिए।

निजामती सेवा दिवस २२ भदौको दिन मनाइन्छ, जुन २०१३ साल भदौ २२ गते पहिलो निजामती सेवा ऐनको दिनबाट सुरु गरिएको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *