Nepals first step in petroleum exploration has been successful. Chnepal has historically completed petroleum exploration drilling

काठमाडौं, खानी तथा भूगर्भ विभागका अनुसार दैलेख भैरवी गाउँपालिका-१ स्थित जलजलेमाकुलमा ४ हजार २ मिटर गहिराइसम्म उत्खनन गरी नमुना (स्याम्पल) निकालिएको छ। विभागले यसलाई ऐतिहासिक उपलब्धि भनेको छ।

Nepals first step in petroleum exploration has been successful. Chnepal has historically completed petroleum exploration drilling

चीन सरकारको जिओलोजिकल सर्वे कम्पनीले भौगर्भिक अध्ययन गरेको पेट्रोलियम अन्वेषण परियोजनामा सीएनपीसी इन्जिनियरिङले उत्खननको काम थालेको थियो।

विभागका सूचना अधिकारी नारायण बाँस्कोटाका अनुसार उत्खनन्को काम पूरा भएसँगै अब नमुनालाई ल्याबमा पठाएर त्यसको अध्ययनको काम सुरु भएको छ। चिनियाँ कम्पनीले उत्खनन्का दौरान संकलन गरेका नमुनाहरू चीनकै ल्याबमा लगेर परीक्षण गर्छन। त्यसपछि यस स्थानमा रहेको पेट्रोलियम पदार्थको व्यवसायिक उत्खननको सम्भावनाबारे पुष्टि हुनेछ।’ अहिले चिनियाँ कम्पनीले विभिन्न लेयरमा प्राकृतिक ग्यास रहेको ट्रयाकिङ गरेको र सो स्थानका स्याम्पलहरू ल्याबमा पठाउने जानकारी दिए।

नेपाल सरकारले २०८१/८२ भित्रै पेट्रोलियम पदार्थ अन्वेषणको काम सक्ने लक्ष्य राखेको छ। दैलेखमा चिनियाँ सरकारको सहयोगमा पेट्रोलियम पदार्थ अन्वेषणको काम सम्पन्न भएको छ

नेपाल र चीनबीच २०७२ चैतमा पेट्रोलियम पदार्थ अन्वेषण तथा उत्खननमा सहकार्य गर्ने सहमति भएको थियो। माघ २०७५ मा चीनलाई नेपालका दुई वटा क्षेत्रमा पेट्रोलियम तथा ग्याँस खानीबारे विस्तृत अन्वेषण गर्न दिने सम्बन्धी परियोजना स्वीकृत गरिएको थियो।

उक्त सहमतिअनुसार २०७६ फागुनमा खानी तथा भूगर्भ विभाग र चिनियाँ सरकारको जिओलोजिकल सर्वे कम्पनीबीच दैलेखमा रहेको पेट्रोलियम पदार्थ अन्वेषण तथा उत्खनन गर्न दुई अर्ब ४० करोड आर्थिक तथा प्राविधिक सहयोगमा सम्झौता भएको थियो।

ड्रिलिङ गरिएको स्थानमा प्राकृतिक ग्यासको भण्डार रहेको अनुमान गरिएको छ। त्यसको संकेत अन्वेषणकर्ताले पाइसकेका छन्। अब चीनमा गरिने परीक्षणबाट त्यो भण्डार कति व्यापक छ र व्यवसायिक उत्पादनको सम्भावना भए–नभएको पत्ता लगाउने छ।

‘ड्रिलिङ सकिएपछि यो आयोजना सम्पन्न हुने नभई निरन्तर रहने छ,’ सूचना अधिकारी बाँस्कोटा भन्छन्, ‘सबै हिसावले व्यावसायिक उत्पादनको सम्भावना पुष्टी भएमा अन्तर्राष्ट्रिय बोलपत्र आह्वान गरी उत्पादक कम्पनीलाई बोलाउने काम हुन्छ।’ सो सम्भव भएमा नेपालको अर्थतन्त्रका लागि ठूलो उपलब्धि हुनेछ। नेपाल अहिले सबै प्रकारको पेट्रोलियम पदार्थमा शतप्रतिशत आयातमा निर्भर रहेको छ।

नेपालमा लामो समयदेखि पेट्रोलियम पदार्थको अन्वेषणबारे विभिन्न स्तरको सर्वेको काम भइरहेको छ। ड्रिलिङ नै गरेर भएको यो पहिलो अन्वेषण हो। दैलेखसहितको भेगमा प्राकृतिक ग्यासको भण्डार रहेको अनुमान सन् १९६० ताका नै भएको थियो। २०३५ (सन् १९७८/७९) मा विश्व बैंकको सहयोगमा तराई र चुरे क्षेत्रको करिब ४८ हजार वर्गकिलोमिटर क्षेत्रफलमा सर्वे गरिएको थियो। त्यसबेला हवाई चुम्बकीय सर्वे गरिएको विभागको विवरणमा उल्लेख छ। नेपालमा पेट्रोलियम अन्वेषण प्रवर्द्धन परियोजना २०३९ सालमै स्थापना भएको हो।

नेपाललाई विभिन्न १० वटा ब्लक (खण्ड) मा विभाजन गरी अन्वेषणको काम भइरहेको छ। यसका लागि सरकारले विभिन्न मितिमा अन्तर्राष्ट्रिय टेन्डर निकाल्ने काम पनि गरेको छ। तर, सबैभन्दा बढी प्रगति देखिएको दैलेखमा हो। नेपालको दक्षिणतर्फको भेग, चुरे र महाभारत क्षेत्रमा पेट्रोलियम पदार्थको भण्डार रहेको संकेत छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *