Nepali Congress condemns the attack on former Chief Minister Uddhav Thapa demands strict action

काठमाडौं, नेपाली कांग्रेसले कोशी प्रदेशका पूर्वमुख्यमन्त्री उद्धव थापामाथि भएको आक्रमणको कडा निन्दा गरेको छ।

Nepali Congress condemns the attack on former Chief Minister Uddhav Thapa demands strict action

आइतबार बिहान जारी गरेको विज्ञप्तिमा कांग्रेसले आक्रमणमा संलग्न व्यक्तिहरूलाई कडा कारबाही गर्न सरकारसँग माग गरेको छ।

शनिबार झापामा थापामाथि आक्रमण भएको थियो, जसमा उनको निधारमा चोट लागेको छ। उनी कांग्रेस कोशीका सभापति तथा प्रदेश संसदीय दलका नेता हुन्।

आक्रमणको आरोपमा शनिबार नै प्रहरीले विद्युत प्राधिकरणका दुई जना कर्मचारीलाई पक्राउ गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *