काठमाडौं, नेपालले २०२५ यू-१९ क्रिकेट विश्वकप एसिया छनोटको आयोजना गर्ने भएको छ।

क्यानका सचिव पारस खड्काका अनुसार यो छनोट प्रतियोगिता आगामी वर्षको अप्रिल १२ देखि २१ सम्म नेपालमा हुनेछ।
यो प्रतियोगिताको विजेताले २०२६ मा जिम्बाब्वे र नामिबियामा हुने यू-१९ विश्वकप क्रिकेटमा स्थान सुरक्षित गर्नेछ।
छनोटमा नेपालसहित अफगानिस्तान, हङकङ, ओमान र यूएई सहभागी हुनेछन्। यसअघि नेपालले यूएईलाई फाइनलमा पराजित गर्दै विश्वकपमा स्थान पक्का गरेको थियो।