Nepal Rastra Bank announced the exchange rate of foreign currency for today 2 2

काठमाडौँ, नेपाल राष्ट्र बैंकले आज (शुक्रबार) का लागि विदेशी मुद्राहरुको विनिमयदर सार्वजनिक गरेको छ।

Nepal Rastra Bank announced the exchange rate of foreign currency for today 2 2

आज अमेरिकी डलरको मूल्य उच्चतम स्तरमा पुगेको छ। यसैगरी, अस्ट्रेलियन डलर, पाउन्ड, दिनार र अन्य विदेशी मुद्राहरुको मूल्य पनि बढेको छ, जबकि युरोको मूल्य भने घटेको छ।

राष्ट्र बैंकले जारी गरेको विनिमय दरअनुसार, आज अमेरिकी डलरको खरिद दर 134 रुपैयाँ 90 पैसा र बिक्री दर 135 रुपैयाँ 50 पैसा रहेको छ, जुन अहिलेसम्मकै उच्च मूल्य हो।

हिजो अमेरिकी डलरको खरिद दर 134 रुपैयाँ 77 पैसा र बिक्री दर 135 रुपैयाँ 37 पैसा थियो।

युरोको खरिद दर आज 142 रुपैयाँ 04 पैसा र बिक्री दर 142 रुपैयाँ 67 पैसा रहेको छ। हिजो युरोको खरिद दर 142 रुपैयाँ 15 पैसा र बिक्री दर 142 रुपैयाँ 78 पैसा थियो।

पाउन्ड स्ट्रर्लिङको खरिद दर आज 170 रुपैयाँ 62 पैसा र बिक्री दर 171 रुपैयाँ 38 पैसा रहेको छ। हिजो पाउन्डको खरिद दर 170 रुपैयाँ 54 पैसा र बिक्री दर 171 रुपैयाँ 30 पैसा थियो।

अस्ट्रेलियन डलरको खरिद दर आज 88 रुपैयाँ र बिक्री दर 88 रुपैयाँ 39 पैसा रहेको छ। हिजो यसको खरिद दर 87 रुपैयाँ 63 पैसा र बिक्री दर 88 रुपैयाँ 02 पैसा थियो।

कुवेती दिनारको खरिद दर आज 438 रुपैयाँ 67 पैसा र बिक्री दर 440 रुपैयाँ 62 पैसा रहेको छ। हिजो यसको खरिद दर 438 रुपैयाँ 15 पैसा र बिक्री दर 440 रुपैयाँ 08 पैसा थियो।

बहराइन दिनारको खरिद दर आज 357 रुपैयाँ 90 पैसा र बिक्री दर 359 रुपैयाँ 49 पैसा रहेको छ। हिजो बहराइन दिनारको खरिद दर 357 रुपैयाँ 53 पैसा र बिक्री दर 359 रुपैयाँ 12 पैसा थियो।

Nepal Rastra Bank has announced the foreign currency exchange rate for today Friday

Leave a Reply

Your email address will not be published. Required fields are marked *