काठमाडौं, नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ।

नयाँ दर अनुसार, अमेरिकी डलर एकको खरिददर १३८ रुपैयाँ ३२ पैसा र बिक्रीदर १३८ रुपैयाँ ९२ पैसा कायम गरिएको छ। युरोपियन युरोको खरिददर १४१ रुपैयाँ ९० पैसा र बिक्रीदर १४२ रुपैयाँ ५२ पैसा तोकिएको छ। युके पाउन्ड स्ट्रलिङको खरिददर १६८ रुपैयाँ ५६ पैसा र बिक्रीदर १६९ रुपैयाँ २९ पैसा छ।
स्विस फ्र्याङ्कको खरिददर १५० रुपैयाँ ९८ पैसा र बिक्रीदर १५१ रुपैयाँ ६३ पैसा छ। अष्ट्रेलियन डलरको खरिददर ८५ रुपैयाँ ५३ पैसा र बिक्रीदर ८५ रुपैयाँ ९० पैसा छ भने क्यानेडियन डलरको खरिददर ९६ रुपैयाँ १९ पैसा र बिक्रीदर ९६ रुपैयाँ ६१ पैसा तोकिएको छ।
सिङ्गापुर डलरको खरिददर १०० रुपैयाँ २ पैसा र बिक्रीदर १०१ रुपैयाँ ४५ पैसा रहेको छ। जापानी येन १० को खरिददर ८ रुपैयाँ ७६ पैसा र बिक्रीदर ८ रुपैयाँ ८० पैसा छ। चिनियाँ युआनको खरिददर १८ रुपैयाँ ८७ पैसा र बिक्रीदर १८ रुपैयाँ ९५ पैसा छ।
साउदी अरेबियन रियालको खरिददर ३६ रुपैयाँ ८५ पैसा र बिक्रीदर ३७ रुपैयाँ १ पैसा, कतारी रियालको खरिददर ३७ रुपैयाँ ९६ पैसा र बिक्रीदर ३८ रुपैयाँ १२ पैसा तोकिएको छ।
थाई भाटको खरिददर ३ रुपैयाँ ९८ पैसा र बिक्रीदर ३ रुपैयाँ ९९ पैसा, युएई दिरामको खरिददर ३७ रुपैयाँ ६६ पैसा र बिक्रीदर ३७ रुपैयाँ ८२ पैसा छ। मलेसियन रिङ्गेटको खरिददर ३० रुपैयाँ ७० पैसा र बिक्रीदर ३० रुपैयाँ ८४ पैसा छ।
साउथ कोरियन वन १०० को खरिददर ९ रुपैयाँ ४७ पैसा र बिक्रीदर ९ रुपैयाँ ५१ पैसा छ। स्विडिस क्रोनरको खरिददर १२ रुपैयाँ ३३ पैसा र बिक्रीदर १२ रुपैयाँ ३९ पैसा छ। डेनिस क्रोनरको खरिददर १९ रुपैयाँ २ पैसा र बिक्रीदर १९ रुपैयाँ १० पैसा छ।
हङ्कङ डलरको खरिददर १७ रुपैयाँ ७७ पैसा र बिक्रीदर १७ रुपैयाँ ८४ पैसा, कुवेती दिनारको खरिददर ४४८ रुपैयाँ ४ पैसा र बिक्रीदर ४४९ रुपैयाँ ९८ पैसा छ। बहराइन दिनारको खरिददर ३६६ रुपैयाँ ९१ पैसा र बिक्रीदर ३६८ रुपैयाँ ५० पैसा छ।
ओमनी रियालको खरिददर ३५९ रुपैयाँ २९ पैसा र बिक्रीदर ३६० रुपैयाँ ८५ पैसा छ। भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकिएको छ।
राष्ट्र बैंकले यो विनिमय दर आवश्यकतानुसार कुनै पनि समयमा संशोधन गर्न सकिने जनाएको छ। वाणिज्य बैंकले तोक्ने दर फरक हुनसक्ने र अद्यावधिक दर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ।