Nepal Rastra Bank announced todays foreign exchange rate 1

काठमाडौं, नेपाल राष्ट्र बैंकले आज (बुधबार) का लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ। अमेरिकी डलर, युरो, पाउन्ड, र कुबेती दिनारसहित अधिकांश मुद्राको मूल्य घटेको छ भने अस्ट्रेलियन डलर र मलेसियन रिङ्गेटजस्ता केही मुद्रा महँगिएका छन्।

Nepal Rastra Bank announced todays foreign exchange rate 1

आज अमेरिकी डलरको खरिददर १३३.७१ रुपैयाँ र बिक्रीदर १३४.५३ रुपैयाँ छ, जुन हिजोको भन्दा केही घटेको हो। युरोको खरिददर १४८.८८ रुपैयाँ र बिक्रीदर १४९.५५ रुपैयाँ रहेको छ।

पाउन्ड स्ट्रलिङको खरिददर १७६.६५ रुपैयाँ र बिक्रीदर १७७.४४ रुपैयाँ छ। अस्ट्रेलियन डलरको मूल्य भने बढेर खरिददर ९०.३४ रुपैयाँ र बिक्रीदर ९०.७५ रुपैयाँ पुगेको छ।

अन्य मुद्राहरूमा साउदी रियाल, कतारी रियाल, यूएई दिराम, र कुबेती दिनारको मूल्य पनि केही घटेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *