Nepal Rastra Bank announced the regulation rate of foreign currency for today 1

काठमाडौँ, नेपाल राष्ट्र बैंकले आज (आइतबार) का लागि विदेशी मुद्राहरूको विनियमदर सार्वजनिक गरेको छ। बैंकले जारी गरेको जानकारी अनुसार, अमेरिकी डलर, युरो, बेलायती पाउन्ड, अस्ट्रेलियन डलर, कुवेती दिनार र बहराइन दिनारसहित सबै प्रमुख विदेशी मुद्राहरूको मूल्य यथावत रहेको छ।

Nepal Rastra Bank announced the regulation rate of foreign currency for today 1

आजको लागि अमेरिकी डलरको खरिददर १३३ रुपैयाँ ८९ पैसा र बिक्रीदर १३४ रुपैयाँ ४९ पैसा निर्धारण गरिएको छ। हिजोको मूल्यको तुलनामा आजको विनियमदरमा कुनै परिवर्तन भएको छैन।

युरोपियन युरोको खरिददर १४८ रुपैयाँ ३९ पैसा र बिक्रीदर १४९ रुपैयाँ ०६ पैसा रहेको छ।

बेलायती पाउन्डको खरिददर १७६ रुपैयाँ ४५ पैसा र बिक्रीदर १७७ रुपैयाँ २४ पैसा निर्धारण गरिएको छ।

अस्ट्रेलियन डलरको खरिददर ९१ रुपैयाँ ०१ पैसा र बिक्रीदर ९१ रुपैयाँ ४२ पैसा छ।

कुवेती दिनारको खरिददर ४३८ रुपैयाँ ३३ पैसा र बिक्रीदर ४४० रुपैयाँ २९ पैसा राखिएको छ।

बहराइन दिनारको खरिददर ३५५ रुपैयाँ २१ पैसा र बिक्रीदर ३५६ रुपैयाँ ८० पैसा निर्धारण गरिएको छ।

आजको विनियमदरले विदेशी मुद्राका कारोबारमा स्थिरता कायम रहेको संकेत गर्दछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *