काठमाडौँ, नेपाल राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्राहरुको विनिमय दर सार्वजनिक गरेको छ। आज युरो र पाउण्डसहितका केही मुद्राको मूल्य बढेको छ, भने अमेरिकी र अस्ट्रेलियन डलरको मूल्य स्थिर छ। कुबेती र बहराइन दिनारको मूल्य भने घटेको छ।

अमेरिकी डलरको खरिददर १३४.०५ र बिक्रीदर १३४.६५ रुपैयाँ छ। युरोको खरिददर १४६.१२ र बिक्रीदर १४७.६१ रुपैयाँ छ। पाउण्ड स्ट्रलिङको खरिददर १७५.४४ र बिक्रीदर १७६.२२ रुपैयाँ छ। अस्ट्रेलियन डलरको खरिददर ९०.२८ र बिक्रीदर ९०.६८ रुपैयाँ कायम गरिएको छ।
कुबेती दिनारको खरिददर ४३७.३४ र बिक्रीदर ४३९.३०, जबकि बहराइन दिनारको खरिददर ३५५.५६ र बिक्रीदर ३५७.१५ रुपैयाँ रहेको छ।