Nepal Rastra Bank announced the exchange rate of foreign currency for today 2 7

काठमाडौं, नेपाल राष्ट्र बैंकले आज (मंगलबार) का लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ।

Nepal Rastra Bank announced the exchange rate of foreign currency for today 2 7

प्रकाशित विवरणअनुसार अमेरिकी डलर, अस्ट्रेलियन डलर, कुवेती दिनार र बहराइन दिनारको मूल्यमा गिरावट आएको छ। तर, युरो र पाउन्ड स्ट्रर्लिङको मूल्य भने बढेको छ।

अमेरिकी डलरमा गिरावट

आज अमेरिकी डलर एकको खरिददर रु. १३४.५७ र बिक्रीदर रु. १३५.१७ कायम गरिएको छ। शनिबार, आइतबार र सोमबार स्थिर रहेको डलरको मूल्यमा आज गिरावट आएको हो। हिजो खरिददर रु. १३४.८२ र बिक्रीदर रु. १३५.४२ रहेको थियो।

युरो र पाउन्डको वृद्धि

युरो एकको खरिददर आज रु. १४१.०८ र बिक्रीदर रु. १४१.७१ रहेको छ। हिजोको तुलनामा यसमा क्रमशः रु. ०.६२रु. ०.६३ को वृद्धि भएको छ।
पाउन्ड स्ट्रर्लिङको खरिददर आज रु. १६९.२० र बिक्रीदर रु. १६९.९६ कायम गरिएको छ, जुन हिजोको तुलनामा करिब रु. ०.२४ ले महँगो भएको हो।

अन्य मुद्राको अवस्था

  • अस्ट्रेलियन डलर: खरिददर रु. ८७.५७, बिक्रीदर रु. ८७.९६
    हिजोको तुलनामा यसमा झिनो गिरावट आएको छ।
  • कुवेती दिनार: खरिददर रु. ४३७.२१, बिक्रीदर रु. ४३९.१६
    हिजोको तुलनामा मूल्यमा कमी आएको छ।
  • बहराइन दिनार: खरिददर रु. ३५६.९८, बिक्रीदर रु. ३५८.५७
    यसमा पनि सामान्य गिरावट आएको छ।
Nepal Rastra Bank announced the foreign currency exchange rate for today Tuesday

नेपाल राष्ट्र बैंकले दैनिक विदेशी मुद्रा विनिमय दर निर्धारण गर्दै आएको छ। यो दर बैंक तथा वित्तीय संस्थाहरूमा कारोबारका लागि आधार दरका रूपमा प्रयोग हुन्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *