Nepal Rastra Bank announced the exchange rate of foreign currency for today 2 5

काठमाडौँ, आज (आइतबार) नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ। आज अमेरिकी डलर, अस्ट्रेलियन डलर, युरो, पाउन्ड र दिनारसहित अधिकांश विदेशी मुद्राको मूल्यमा कुनै परिवर्तन आएको छैन। यी सबै मुद्राको मूल्य हिजोको तुलनामा स्थिर रहेको छ।

Nepal Rastra Bank announced the exchange rate of foreign currency for today 2 5

राष्ट्र बैंकका अनुसार आजका लागि अमेरिकी डलरको खरिद दर १ सय ३४ रुपैयाँ ८२ पैसा र बिक्री दर १ सय ३५ रुपैयाँ ४२ पैसा रहेको छ। यसै गरी, युरोको खरिद दर १ सय ४० रुपैयाँ ५२ पैसा र बिक्री दर १ सय ४१ रुपैयाँ १४ पैसा रहेको छ। पाउन्ड स्ट्रर्लिङको खरिद दर १ सय ६८ रुपैयाँ ८६ पैसा र बिक्री दर १ सय ६९ रुपैयाँ ६१ पैसा छ।

अस्ट्रेलियन डलरको खरिद दर ८७ रुपैयाँ ६३ पैसा र बिक्री दर ८८ रुपैयाँ ०२ पैसा रहेको छ। कुवेती दिनारको खरिद दर ४ सय ३८ रुपैयाँ र बिक्री दर ४ सय ३९ रुपैयाँ ९५ पैसा छ। बहराइन दिनारको खरिद दर ३ सय ५७ रुपैयाँ ६८ पैसा र बिक्री दर ३ सय ५९ रुपैयाँ २८ पैसा रहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *