काठमाडौँ, नेपाल राष्ट्र बैंकले आज (आइतबार) का लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ।

अधिकांश विदेशी मुद्राको मूल्य स्थिर रहेको छ। अमेरिकी डलरको खरिददर १३४ रुपैयाँ ०२ पैसा र बिक्रीदर १३४ रुपैयाँ ६२ पैसा कायम गरिएको छ।
युरोको खरिददर १४८ रुपैयाँ ८४ पैसा र बिक्रीदर १४९ रुपैयाँ ५० पैसा छ भने युके पाउण्ड स्ट्रलिङको खरिददर १७६ रुपैयाँ ६६ पैसा र बिक्रीदर १७७ रुपैयाँ ३४ पैसा निर्धारण गरिएको छ।
अन्य विदेशी मुद्रामा अस्ट्रेलियन डलर, मलेसियन रिङ्गेट, साउदी रियाल, कतारी रियाल, युएई दिराम, हङकङ डलर, कुवेती दिनार, र बहराइन दिनारको विनिमय दर पनि सार्वजनिक गरिएको छ, जसमा कुनै ठुलो परिवर्तन देखिएको छैन।