Nepal Rastra Bank announced the exchange rate of foreign currency today

काठमाडौं, नेपाल राष्ट्र बैंकले आज (शनिबार) विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ। आज अमेरिकी डलर, साउदी र कतारी रियाल, कुबेती र बहराइन दिनार, युरो, पाउण्ड, र अस्ट्रेलियन डलर सहित अधिकांश विदेशी मुद्राको मूल्य घटेको छ।

Nepal Rastra Bank announced the exchange rate of foreign currency today

अनुसार, आजको लागि अमेरिकी डलरको खरिददर १३३.४१ रुपैयाँ र बिक्रीदर १३४.०१ रुपैयाँ रहेको छ, जुन विगत चार दिनदेखि घट्दै आएको छ। हिजोको दर क्रमशः १३३.६० र १३४.२० रुपैयाँ थियो।

यूरोको खरिददर १४८.८७ रुपैयाँ र बिक्रीदर १४९.५४ रुपैयाँ रहेको छ। पाउण्ड स्ट्रलिङको खरिददर १७७.३२ रुपैयाँ र बिक्रीदर १७८.१२ रुपैयाँ रहेको छ। अस्ट्रेलियन डलरको खरिददर ९०.७८ रुपैयाँ र बिक्रीदर ९१.१९ रुपैयाँ निर्धारण गरिएको छ।

साउदी रियालको खरिददर ३५.५५ रुपैयाँ र बिक्रीदर ३५.७१ रुपैयाँ रहेको छ, जबकि कतारी रियालको खरिददर ३६.५९ रुपैयाँ र बिक्रीदर ३६.७६ रुपैयाँ छ। यूएई दिरामको खरिददर ३६.३२ रुपैयाँ र बिक्रीदर ३६.४९ रुपैयाँ निर्धारण गरिएको छ।

कुबेती दिनारको खरिददर ४३७.२० रुपैयाँ र बिक्रीदर ४३९.१७ रुपैयाँ रहेको छ, र बहराइन दिनारको खरिददर ३५४.०१ रुपैयाँ र बिक्रीदर ३५५.६१ रुपैयाँ छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *