Nepal Rastra Bank announced the exchange rate of foreign currency

काठमाडौँ, नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राका विनिमय दर सार्वजनिक गरेको छ। अमेरिकी डलरको खरिददर १३४.०६ रुपैयाँ र बिक्रीदर १३४.६६ रुपैयाँ, युरोपियन यूरोको खरिददर १४७.९८ रुपैयाँ र बिक्रीदर १४८.६४ रुपैयाँ रहेको छ। युके पाउण्ड स्ट्रलिङको खरिददर १७५.९६ रुपैयाँ र बिक्रीदर १७६.७५ रुपैयाँ छ।

Nepal Rastra Bank announced the exchange rate of foreign currency

स्विस फ्रयाङ्कको खरिददर १५७.४३ रुपैयाँ र बिक्रीदर १५८.१४ रुपैयाँ, अस्ट्रेलियन डलरको खरिददर ९०.२६ रुपैयाँ र बिक्रीदर ९०.६६ रुपैयाँ छ। क्यानेडियन डलरको खरिददर ९९.०१ रुपैयाँ र बिक्रीदर ९९.४६ रुपैयाँ, सिङ्गापुर डलरको खरिददर १०२.३९ रुपैयाँ र बिक्रीदर १०२.८४ रुपैयाँ कायम गरिएको छ।

जापानी येनको खरिददर ९.१८ रुपैयाँ र बिक्रीदर ९.२२ रुपैयाँ, चिनियाँ युआनको खरिददर १८.८२ रुपैयाँ र बिक्रीदर १८.९१ रुपैयाँ छ।

साउदी अरेबियन रियालको खरिददर ३५.७२ रुपैयाँ र बिक्रीदर ३५.८८ रुपैयाँ, कतारी रियालको खरिददर ३६.७८ रुपैयाँ र बिक्रीदर ३६.९४ रुपैयाँ छ। थाई भाटको खरिददर ३.९१ रुपैयाँ र बिक्रीदर ३.९३ रुपैयाँ, यूएई दिरामको खरिददर ३६.५० रुपैयाँ र बिक्रीदर ३६.६६ रुपैयाँ छ।

राष्ट्र बैंकले विनिमय दरमा कुनै समय संशोधन गर्न सक्ने जनाएको छ। वाणिज्य बैंकहरूले तोक्ने विनिमय दर फरक हुनसक्ने र अद्यावधिक दर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *