काठमाडौं, नेपाल राष्ट्र बैंकले आज (आइतबार) विदेशी मुद्राहरुको विनिमय दर सार्वजनिक गरेको छ। अमेरिकी डलर, अस्ट्रेलियन डलर, पाउन्ड, युरो, र दिनारसहित अधिकांश विदेशी मुद्राको विनिमय दरमा कुनै परिवर्तन भएको छैन। हिजो जस्तै, आज पनि सबैजसो मुद्राहरु सोही मूल्यमा कारोबार हुनेछन्।

आजका लागि अमेरिकी डलरको खरिद दर एक सय ३८ रुपैयाँ २८ पैसा र बिक्री दर एक सय ३८ रुपैयाँ ८८ पैसा रहेको छ। हिजो पनि डलर यही मूल्यमा कारोबार भएको थियो। गएको बुधबार अमेरिकी डलरको खरिद दर एक सय ३८ रुपैयाँ ३२ पैसा र बिक्री दर एक सय ३८ रुपैयाँ ९२ पैसा पुगेको थियो, जुन हालसम्मकै उच्चतम मूल्य हो।
युरोको खरिद दर एक सय ४२ रुपैयाँ ५३ पैसा र बिक्री दर एक सय ४३ रुपैयाँ १५ पैसा रहेको छ। पाउन्ड स्ट्रर्लिङको खरिद दर एक सय ६८ रुपैयाँ ९२ पैसा र बिक्री दर एक सय ६९ रुपैयाँ ६६ पैसा रहेको छ। अस्ट्रेलियन डलरको खरिद दर ८५ रुपैयाँ ७५ पैसा र बिक्री दर ८६ रुपैयाँ १२ पैसा छ।

कुवेती दिनारको खरिद दर चार सय ४८ रुपैयाँ १९ पैसा र बिक्री दर चार सय ५० रुपैयाँ १३ पैसा छ भने बहराइन दिनारको खरिद दर तीन सय ६६ रुपैयाँ ८४ पैसा र बिक्री दर तीन सय ६८ रुपैयाँ ४४ पैसा रहेको छ।