Nepal Rastra Bank announced the regulation rate of foreign currency for today

काठमाण्डौ, आज अमेरिकी डलरको मूल्यमा कुनै परिवर्तन भएको छैन। यद्यपि, युरो, पाउन्ड, र अस्ट्रेलियन डलर जस्ता केही विदेशी मुद्राहरूको मूल्यमा वृद्धि भएको छ। त्यसैगरी, बहराइन दिनारसहित केही मुद्राहरू सस्तिएका छन्।

Nepal Rastra Bank announced the regulation rate of foreign currency for today

नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलरको खरिद दर १ सय ३३ रुपैयाँ ४१ पैसा र बिक्री दर १ सय ३४ रुपैयाँ ०१ पैसा रहेको छ। हिजो पनि डलरको मूल्य यही थियो।

यूरोको खरिद दर १ सय ४८ रुपैयाँ ९२ पैसा र बिक्री दर १ सय ४९ रुपैयाँ ५९ पैसा कायम भएको छ। हिजो यसको खरिद दर १ सय ४८ रुपैयाँ ८७ पैसा र बिक्री दर १ सय ४९ रुपैयाँ ५४ पैसा थियो।

पाउण्ड स्ट्रलिङको खरिद दर १ सय ७७ रुपैयाँ ७३ पैसा र बिक्री दर १ सय ७८ रुपैयाँ ५३ पैसा निर्धारण गरिएको छ। हिजो पाउण्डको खरिद दर १ सय ७७ रुपैयाँ ३२ पैसा र बिक्री दर १ सय ७८ रुपैयाँ १२ पैसा थियो।

अस्ट्रेलियन डलरको खरिद दर ९० रुपैयाँ ८१ पैसा र बिक्री दर ९१ रुपैयाँ २१ पैसा रहेको छ, जबकि हिजो यो खरिद दर ९० रुपैयाँ ७८ पैसा र बिक्री दर ९१ रुपैयाँ १९ पैसा थियो।

कुबेती दिनारको खरिद दर ४ सय ३७ रुपैयाँ २४ पैसा र बिक्री दर ४ सय ३९ रुपैयाँ २० पैसा छ। हिजो यसको खरिद दर ४ सय ३७ रुपैयाँ २० पैसा र बिक्री दर ४ सय ३९ रुपैयाँ १७ पैसा थियो।

बहराइन दिनारको खरिद दर ३ सय ५३ रुपैयाँ ८७ पैसा र बिक्री दर ३ सय ५५ रुपैयाँ ४६ पैसा कायम गरिएको छ। हिजो यसको खरिद दर ३ सय ५४ रुपैयाँ ०१ पैसा र बिक्री दर ३ सय ५५ रुपैयाँ ६१ पैसा थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *