Nepal Rastra Bank announced the exchange rate of foreign currencies for today Friday. 1

काठमाडौँ, नेपाल राष्ट्र बैंकले आज (शुक्रबार) का लागि विदेशी मुद्राहरूको विनिमय दर सार्वजनिक गरेको छ। आज अमेरिकी डलर, युरो, बहराइन दिनारसहितका मुद्राको मूल्य थोरै वृद्धि भएको छ भने पाउन्ड स्ट्रलिङ र अस्ट्रेलियन डलरलगायतका केही मुद्राको मूल्यमा गिरावट आएको छ।

Nepal Rastra Bank announced the exchange rate of foreign currencies for today Friday. 1

नेपाल राष्ट्र बैंकका अनुसार अमेरिकी डलरको आजका लागि खरिददर एक सय ३४ रुपैयाँ ०६ पैसा र बिक्रीदर एक सय ३४ रुपैयाँ ६६ पैसा तोकिएको छ। हिजोको तुलनामा अमेरिकी डलरको मूल्यमा एक पैसा वृद्धि भएको छ।

त्यस्तै, युरोको आजको खरिददर एक सय ४६ रुपैयाँ ४९ पैसा र बिक्रीदर एक सय ४७ रुपैयाँ २४ पैसा रहेको छ। हिजोको तुलनामा खरिद र बिक्रीदरमा केही गिरावट आएको छ।

पाउन्ड स्ट्रलिङको आजका लागि खरिददर एक सय ७५ रुपैयाँ ३७ पैसा र बिक्रीदर एक सय ७६ रुपैयाँ १६ पैसा निर्धारण गरिएको छ। हिजोको तुलनामा पाउन्डको मूल्यमा थोरै कमी आएको छ।

अस्ट्रेलियन डलरको आजको खरिददर ९० रुपैयाँ ०७ पैसा र बिक्रीदर ९० रुपैयाँ ४७ पैसा कायम भएको छ। हिजोको तुलनामा यसको मूल्यमा कमी आएको छ।

कुबेती दिनारको आजको विनिमय दर चार सय ३७ रुपैयाँ ३५ पैसा खरिद र चार सय ३९ रुपैयाँ ३० पैसा बिक्री रहेको छ।

बहराइन दिनारको खरिददर तीन सय ५५ रुपैयाँ ५८ पैसा र बिक्रीदर तीन सय ५७ रुपैयाँ १७ पैसा कायम भएको छ, जुन हिजोको तुलनामा थोरै वृद्धि भएको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *