काठमाडौँ, नेपाल राष्ट्र बैंकले आज (शुक्रबार)का लागि विदेशी मुद्राहरुको विनिमय दर सार्वजनिक गरेको छ।

अमेरिकी डलरको मूल्य बढेर हालसम्मकै सर्वाधिक महँगो भएको छ। आजको खरिददर एक डलरको लागि १३४ रुपैयाँ ०८ पैसा र बिक्रीदर १३४ रुपैयाँ ६८ पैसा पुगेको छ।
युरो र पाउण्ड स्ट्रलिङको मूल्य पनि बढेको छ। युरोको खरिददर १४८ रुपैयाँ ९३ पैसा र बिक्रीदर १४९ रुपैयाँ ६० पैसा रहेको छ। पाउण्ड स्ट्रलिङको खरिददर १७६ रुपैयाँ ६४ पैसा र बिक्रीदर १७७ रुपैयाँ ४३ पैसा छ।
अन्य विदेशी मुद्राहरुमा अस्ट्रेलियन डलर, साउदी रियाल, कतारी रियाल, युएई दिराम, मलेसियन रिङ्गेट, हङकङ डलर, कुवेती दिनार, र बहराइन दिनारका विनिमय दर पनि सामान्य परिवर्तन भएको देखिन्छ।