काठमाडौँ, नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलरको खरिद दर १३३.९३ रुपैयाँ र बिक्री दर १३४.५३ रुपैयाँ रहेको छ। युरोपियन युरोको खरिद दर १४८.३५ रुपैयाँ र बिक्री दर १४९.०१ रुपैयाँ छ।

बेलायती पाउन्ड स्टर्लिङको खरिद दर १७५.७६ रुपैयाँ र बिक्री दर १७६.५५ रुपैयाँ छ। अस्ट्रेलियन डलरको खरिद दर ८९.७८ रुपैयाँ र बिक्री दर ९०.१८ रुपैयाँ रहेको छ।
साउदी रियालको खरिद दर ३५.६९ रुपैयाँ र बिक्री दर ३५.८५ रुपैयाँ छ। मलेसियन रिंगिटको खरिद दर ३१.१४ रुपैयाँ र बिक्री दर ३१.२८ रुपैयाँ रहेको छ।