Nepal Rastra Bank announced the regulation rate of foreign currency for today 1

काठमाडौँ, नेपाल राष्ट्र बैंकले आज (सोमबार) विदेशी मुद्राहरुको विनियमदर सार्वजनिक गरेको छ। आज अमेरिकी डलरको विनियमदरमा कुनै परिवर्तन नगरी यथावत राखिएको छ। अन्य विदेशी मुद्राका मूल्यहरूमा वृद्धि देखिएको छ।

Nepal Rastra Bank announced the regulation rate of foreign currency for today 1

आजको लागि अमेरिकी डलरको खरिददर १३३ रुपैयाँ ९३ पैसा र बिक्रीदर १३४ रुपैयाँ ५३ पैसा निर्धारण गरिएको छ। अघिल्लो दिनको मूल्य समान रहेको छ।

युरोपियन युरोको खरिददर १४९ रुपैयाँ ८९ पैसा र बिक्रीदर १५० रुपैयाँ ५६ पैसा निर्धारण गरिएको छ, जुन अघिल्लो दिनको खरिददर १४८ रुपैयाँ ८३ पैसा र बिक्रीदर १४९ रुपैयाँ ५० पैसा भन्दा बढी छ।

बेलायती पाउन्डको खरिददर १७६ रुपैयाँ ९६ पैसा र बिक्रीदर १७७ रुपैयाँ ७५ पैसा भएको छ। अघिल्लो दिनको मूल्य १७५ रुपैयाँ ७६ पैसा खरिददर र १७६ रुपैयाँ ५५ पैसा बिक्रीदर थियो।

अस्ट्रेलियन डलरको खरिददर ९० रुपैयाँ ९९ पैसा र बिक्रीदर ९१ रुपैयाँ ३९ पैसा निर्धारण गरिएको छ, जुन अघिल्लो दिनको मूल्य ९० रुपैयाँ १४ पैसा खरिददर र ९० रुपैयाँ ५५ पैसा बिक्रीदर भन्दा बढेको छ।

कुवेती दिनारको खरिददर ४३९ रुपैयाँ ५५ पैसा र बिक्रीदर ४४१ रुपैयाँ ५२ पैसा भएको छ। अघिल्लो दिनको मूल्य ४३८ रुपैयाँ ३१ पैसा खरिददर र ४४० रुपैयाँ २७ पैसा बिक्रीदर थियो।

बहराइन दिनारको खरिददर र बिक्रीदर अघिल्लो दिनको समान राखिएको छ। आजको लागि बहराइन दिनारको खरिददर ३५५ रुपैयाँ ४२ पैसा र बिक्रीदर ३५७ रुपैयाँ ०१ पैसा छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *