काठमाडौं, नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। आजको विनिमय दरअनुसार अमेरिकी डलरको मूल्य घटेको छ भने युरो, पाउण्ड स्ट्रलिङ, स्विस फ्र्याङ्कलगायतका मुद्राको भाउ बढेको छ। केही मुद्राको भाउ स्थिर रहँदा अन्य केहीको घटबढ भएको छ।

राष्ट्र बैंकका अनुसार अमेरिकी डलरको खरिददर १३८ रुपैयाँ २२ पैसा र बिक्रीदर १३८ रुपैयाँ ८२ पैसा कायम भएको छ। युरोपियन युरोको खरिददर १४२ रुपैयाँ ६७ पैसा र बिक्रीदर १४३ रुपैयाँ २९ पैसा रहेको छ। युके पाउण्ड स्ट्रलिङको खरिददर १६८ रुपैयाँ ६६ पैसा र बिक्रीदर १६९ रुपैयाँ ४० पैसा, स्विस फ्र्याङ्कको खरिददर १५१ रुपैयाँ ३१ पैसा र बिक्रीदर १५१ रुपैयाँ ९६ पैसा कायम गरिएको छ।
अन्य मुद्राहरूमा, अष्ट्रेलियन डलरको खरिददर ८५ रुपैयाँ ७३ पैसा र बिक्रीदर ८६ रुपैयाँ १० पैसा, क्यानेडियन डलरको खरिददर ९५ रुपैयाँ ५५ पैसा र बिक्रीदर ९५ रुपैयाँ ९७ पैसा रहेको छ। सिङ्गापुर डलरको खरिददर १०१ रुपैयाँ ३१ पैसा र बिक्रीदर १०१ रुपैयाँ ७५ पैसा निर्धारण गरिएको छ।
जापानी येन १० को खरिददर ८ रुपैयाँ ८४ पैसा र बिक्रीदर ८ रुपैयाँ ८८ पैसा, चिनियाँ युआनको खरिददर १८ रुपैयाँ ९० पैसा र बिक्रीदर १८ रुपैयाँ ९८ पैसा रहेको छ। साउदी अरेबियन रियालको खरिददर ३६ रुपैयाँ ८४ पैसा र बिक्रीदर ३७ रुपैयाँ, कतारी रियालको खरिददर ३७ रुपैयाँ ९२ पैसा र बिक्रीदर ३७ रुपैयाँ ७९ पैसा रहेको छ।
अन्य मुद्रामा, थाई भाटको खरिददर ४ रुपैयाँ ४ पैसा र बिक्रीदर ४ रुपैयाँ ५ पैसा, युएई दिरामको खरिददर ३७ रुपैयाँ ६३ पैसा र बिक्रीदर ३७ रुपैयाँ ७९ पैसा रहेको छ। मलेसियन रिङ्गेटको खरिददर ३० रुपैयाँ ७६ पैसा र बिक्रीदर ३० रुपैयाँ ९० पैसा, साउथ कोरियन वन १०० को खरिददर ९ रुपैयाँ ५३ पैसा र बिक्रीदर ९ रुपैयाँ ५७ पैसा रहेको छ।
राष्ट्र बैंकले हङ्कङ डलरको खरिददर १७ रुपैयाँ ७६ पैसा र बिक्रीदर १७ रुपैयाँ ८३ पैसा, कुवेती दिनारको खरिददर ४४८ रुपैयाँ र बिक्रीदर ४४९ रुपैयाँ ९४ पैसा, बहराइन दिनारको खरिददर ३६६ रुपैयाँ ६६ पैसा र बिक्रीदर ३६८ रुपैयाँ २५ पैसा, ओमनी रियालको खरिददर ३५९ रुपैयाँ ८ पैसा र बिक्रीदर ३६० रुपैयाँ ६४ पैसा निर्धारण गरेको छ। भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा रहेको छ।
राष्ट्र बैंकले आवश्यकताअनुसार विनिमय दरमा परिवर्तन गर्न सकिने जनाएको छ। वाणिज्य बैंकले निर्धारण गर्ने विनिमय दर भने फरक हुनसक्छ र अद्यावधिक विनिमय दर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ।