Nepal Rastra Bank announced foreign currency exchange rates for today

काठमाडौँ, नेपाल राष्ट्र बैंकले आज (बुधबार) का लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ। आजको विनिमय दरमा युरो र पाउन्डको मूल्यमा वृद्धि भएको छ भने अमेरिकी डलर, अस्ट्रेलियन डलर, कुबेती दिनार, र बहराइन दिनारको मूल्य घटेको छ।

Nepal Rastra Bank announced foreign currency exchange rates for today

नेपाल राष्ट्र बैंकद्वारा सार्वजनिक दर अनुसार, आज अमेरिकी डलर एकको खरिद दर १३४ रुपैयाँ ०५ पैसा र बिक्री दर १३४ रुपैयाँ ६५ पैसा रहेको छ। हिजो अमेरिकी डलर एकको खरिद दर १३४ रुपैयाँ ०६ पैसा र बिक्री दर १३४ रुपैयाँ ६६ पैसा थियो।

त्यसैगरी, यूरो एकको आजको खरिद दर १४७ रुपैयाँ २१ पैसा र बिक्री दर १४७ रुपैयाँ ८७ पैसा छ। हिजो यो दर खरिदमा १४७ रुपैयाँ ११ पैसा र बिक्रीमा १४७ रुपैयाँ ७७ पैसा थियो।

आज पाउन्ड स्ट्रलिङको खरिद दर १७५ रुपैयाँ ५२ पैसा र बिक्री दर १७६ रुपैयाँ ३० पैसा रहेको छ, जुन हिजोको दरभन्दा क्रमशः १७५ रुपैयाँ ३३ पैसा र १७६ रुपैयाँ ११ पैसामा रहेको थियो।

अस्ट्रेलियन डलरको आजको खरिद दर ९० रुपैयाँ २८ पैसा र बिक्री दर ९० रुपैयाँ ६८ पैसा छ। हिजो यो दर खरिदमा ९१ रुपैयाँ र बिक्रीमा ९१ रुपैयाँ ४१ पैसा थियो।

कुबेती दिनारको खरिद दर ४३७ रुपैयाँ ३६ पैसा र बिक्री दर ४३९ रुपैयाँ ३१ पैसा छ। हिजो कुबेती दिनारको खरिद दर ४३७ रुपैयाँ ५७ पैसा र बिक्री दर ४३९ रुपैयाँ ५२ पैसा थियो।

बहराइन दिनारको आजको खरिद दर ३५५ रुपैयाँ ५५ पैसा र बिक्री दर ३५७ रुपैयाँ १४ पैसा कायम भएको छ। हिजो बहराइन दिनारको खरिद दर ३५५ रुपैयाँ ५७ पैसा र बिक्री दर ३५७ रुपैयाँ १६ पैसा थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *