Nepal lost to America by three wickets in ICC World Cup League 2

काठमाडौं, आईसीसी विश्वकप लिग-२ मा नेपाल अमेरिकासँग तीन विकेटले पराजित भएको छ। आइतबार राति डालासमा भएको यो प्रतिस्पर्धात्मक खेलमा नेपालले दिएको २८७ रनको लक्ष्य अमेरिकाले ७ विकेटको क्षतिमा दुई बल बाँकी छँदै भेटायो। अमेरिकाका ओपनर शायन जहाजिंगरले सर्वाधिक १०४ रनको उत्कृष्ट शतकीय इनिङ खेलेर अमेरिका जित तर्फ उन्मुख गराए।

Nepal lost to America by three wickets in ICC World Cup League 2

अमेरिकी कप्तान मोनांक पटेलले ६२ रन, हरमित सिंहले ५७, शाड्लीले २९, जसदीप सिंह र साइतेजा मुकामल्लाले ११/११ रनको योगदान गरे। थप ११ रन अमेरिकाले अतिरिक्त बटुलेको थियो।

नेपालका कुशल भुर्तेलले ६ ओभरमा २३ रन खर्चेर ४ विकेट हात पारे, भने सोमपाल कामीले २ र ललित राजवंशीले एक विकेट लिए।

टस हारेर ब्याटिङमा उत्रेको नेपालले ५० ओभरमा २८६ रन बनाएको थियो। कप्तान रोहित पौडेलले ७५ बलमा ८ चौका र ३ छक्कासहित ९६ रन बनाएर शतकको नजिक पुगेका थिए। ओपनर अनिल साहले ५६ रन र आसिफ शेखले ५२ रनको योगदान दिए। नेपालका अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन्।

अमेरिकी बलर नोस्थुश केन्जिगेले ४ विकेट लिए भने हरमित सिह, शाड्ली भान शाक्ली र जसदीप सिंहले समान एक/एक विकेट हात पारे।

अब नेपालले मंगलबार स्कटल्यान्डसँग अर्को खेल खेल्नेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *