इरानलाई हराउदै नेपाल काभा वुमन्स भलिबलको फाइनलमाइरानलाई हराउदै नेपाल काभा वुमन्स भलिबलमा

काठमाडौं, काभा वुमन्स नेसन्स लिगमा नेपालले फाइनलमा स्थान पक्का गरेको छ। मंगलबार इरानलाई ३-० को सोझो सेटमा पराजित गर्दै भारतसँगको उपाधि भिडन्त सुनिश्चित गरेको हो।

इरानलाई हराउदै नेपाल काभा वुमन्स भलिबलको फाइनलमा

दशरथ रंगशाला कभर्डहलमा भएको सेमिफाइनल खेलमा नेपालले इरानलाई २५-२१, २८-२६, र २५-२० ले हरायो।

मंगलबारै भारतले श्रीलंकालाई सोझो सेटमा हराएर फाइनलमा प्रवेश गरेको छ। अब फाइनल खेल बुधबार हुनेछ।

लिग चरणमा नेपालले वेष्ट अफ फाइभसँग पराजित भएको थियो, तर सेमिफाइनलमा इरानसँग जीत लिएर बदला लिएको छ।

पहिलो सेटको सुरुवातमा नेपाल ५-१ ले पछि परेको थियो, तर त्यसपछि लगातार ४ अंक जोड्दै ६-५ को अग्रता बनायो। नेपालले १६-१० सम्मको अग्रता बनाएर पहिलो सेट २५-२१ ले जित्यो।

दोस्रो सेटमा इरानले २-० को अग्रता बनाएको थियो, तर नेपाल ६-४ र १०-५ को अवस्थामा अघि बढ्यो। केही गल्ती गर्दा इरानले २०-२० बराबरी गरेपछि २४-२१ को स्थितिमा पुग्यो। नेपालले २४-२४ मा बराबरी गरेपछि २८-२६ ले दोस्रो सेट जित्यो।

तेस्रो सेटमा इरानले १०-७ को अग्रता बनाएपछि नेपाल १५-१५ मा बराबरी गर्दै २३-१९ को स्थितिमा पुग्यो। नेपालले २५-२० ले तेस्रो सेट जित्यो।

बुधबार इरान र श्रीलंकाबीच तेस्रो स्थानको लागि प्रतिस्पर्धा हुनेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *