Nepal defeated Afghanistan in U 19 Asia Cup Cricket

काठमाडौँ, युएईको सारजहामा जारी यू-१९ एसिया कप क्रिकेट अन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपालले अफगानिस्तानलाई ९ विकेटले पराजित गरेको छ।

Nepal defeated Afghanistan in U 19 Asia Cup Cricket

अफगानिस्तानले दिएको १२४ रनको लक्ष्य नेपालले ४१.३ ओभरमा ९ विकेट गुमाएर पूरा गर्‍यो। नेपालका लागि नरेन साउदले उत्कृष्ट प्रदर्शन गर्दै २६ रनको योगदान दिए। कप्तान हेमन्त धामीले २२ रनमा अविजित रहँदै नेपाललाई जित दिलाए।

नेपालले सुरुवातमा केही विकेट गुमाए पनि सन्तुलित प्रदर्शनमार्फत लक्ष्य हासिल गर्‍यो। नेपालका लागि आकाश त्रिपाठी ९ रनमा, मयन यादव १ रनमा, अर्जुन कुमाल २१ रनमा र सन्तोष यादव ७ रनमा आउट भए।

त्यसअघि, अफगानिस्तानले टस जितेर ब्याटिङ गर्दै ३५.४ ओभरमा १२३ रन मात्र बनाउन सक्यो। फैसल खानले अर्धशतक (५० रन) बनाए पनि अन्य ब्याटरले ठोस प्रदर्शन गर्न सकेनन्। नेपालका युनिश सिंह र सन्तोष यादवले समान ३/३ विकेट लिँदै उत्कृष्ट बलिङ गरे। कप्तान हेमन्त धामी र अभिषेक तिवारीले २/२ विकेट लिए।

नेपालले यस खेलसँगै आफ्नो एसिया कप यात्रा सुखद रूपमा समाप्त गरेको छ। यद्यपि, यसअघि नेपालले श्रीलंका र बंगलादेशविरुद्धको खेलमा पराजय बेहोर्नुपरेको थियो। समूह ‘बी’ मा नेपालले एक मात्र जित हासिल गर्दा अफगानिस्तानले सबै खेलमा पराजय बेहोरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *