Nepal China Joint Military Exercise The fourth edition of Sagarmata Friendship will be held in China

काठमाडौं, नेपाली सेना र चिनियाँ जनमुक्ति सेनाबीचको संयुक्त सैन्य अभ्यास “सगरमाथा फ्रेन्डसिप” को चौथो संस्करण चीनको सिचुवान प्रान्तको छोङछिङमा असोज ५ देखि १५ गतेसम्म सञ्चालन हुनेछ। कोरोना महामारीका कारण २०७६ पछि रोकिएको यो अभ्यास पुनः सुरु हुँदैछ।

Nepal China Joint Military Exercise The fourth edition of Sagarmata Friendship will be held in China

निवर्तमान प्रधानसेनापति प्रभुराम शर्माले आफ्नो कार्यकालमा यो अभ्यासको मिति तय गर्न चाहेका थिए, र चिनियाँ पक्षसँग छलफल पनि गरेका थिए। त्यसपछि उपरथी प्रेमध्वज अधिकारीलाई थप छलफलका लागि चीन पठाइएको थियो।

दुवै मुलुकका अधिकारीहरू यो सैन्य अभ्यासको तयारीमा जुटेका छन्। नेपाली सेनाका विशेष फौजसहित तीन सदस्यीय पर्यवेक्षक टोली पनि अभ्यासमा सहभागी हुनेछ। अभ्यासको मुख्य फोकस प्रतिआतंकवाद युद्धकला र विपद् व्यवस्थापनमा हुनेछ।

नेपाली सेना र चिनियाँ जनमुक्ति सेनाबीचको यो अभ्यास २०७४ मा सुरु भएको हो, र यसलाई केही अन्तर्राष्ट्रिय शक्ति राष्ट्रहरूले भूराजनीतिक दृष्टिकोणले हेरिरहेका छन्। चीनसँगको सैन्य अभ्यासले नेपाललाई भारत र अन्य पश्चिमी राष्ट्रहरूको चासोको केन्द्रमा राखेको छ।

नेपालले भारतीय सेना र अमेरिकी सेनासँग पनि नियमित सैन्य अभ्यास गर्दै आएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *