Ncells 5 year license renewal first installment paid 5 billion

काठमाडौँ, मोबाइल सेवा प्रदायक कम्पनी एनसेलको लाइसेन्स नवीकरण भएको छ। नेपाल दूरसञ्चार प्राधिकरणले आइतबार एनसेलको ५ वर्षे लाइसेन्स नवीकरणको पत्र जारी गरेको हो।

Ncells 5 year license renewal first installment paid 5 billion

मन्त्रिपरिषद्को निर्णय अनुसार, एनसेलले पहिलो किस्तामा ५ अर्ब रुपैयाँ तिरेको पुष्टि भएको छ। बाँकी रकम १५ अर्ब रुपैयाँको तीन किस्तामा, प्रत्येक वर्ष ५–५ अर्ब रुपैयाँको दरले तिर्नेछ, जसमा प्रत्येक वर्ष १० प्रतिशत ब्याज पनि लाग्नेछ। एनसेलले चाहेको खण्डमा किस्ता रकम अगाडिनै पनि तिर्न सक्ने विकल्प राखिएको छ।

एनसेलले नवीकरणका लागि गत जेठ महिनामा प्राधिकरणमा निवेदन दिएको थियो, तर भदौ १३ गते मन्त्रिपरिषद्ले चार किस्तामा बक्यौता बुझाउने सुविधासहित एनसेलको अनुमतिपत्र नवीकरण गर्ने निर्णय गरेको थियो। एनसेलको २० वर्षे जिएसएम लाइसेन्सको म्याद शनिबार सकिएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *