Untitled design 59

काठमाडौँ, आज (आइतबार) नेपाल र इरान महिला भलिबल नेसन्स लिगमा भिड्नेछन्। खेल त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा साँझ सवा ५ बजे सुरु हुनेछ।

Untitled design 59

नेपालले लिगमा अपराजित रहँदै सोही लयलाई कायम राख्न चाहन्छ। शनिबार भएको लिग चरणको दोस्रो खेलमा भारतमाथि ऐतिहासिक जित प्राप्त गरेको नेपाली महिला टोली उच्च मनोबलमा छ।

इरान भने घरेलु टोली नेपाललाई पराजित गरेर अंक तालिकामा दोस्रो स्थानमा उक्लने प्रयासमा छ। नेपाल २ खेलबाट ५ अंक संकलन गरेर दोस्रो स्थानमा छ, जबकि इरान पनि ५ अंकसँग तेस्रो स्थानमा छ। भारत ३ खेलमा ७ अंकसँग तालिकाको शीर्ष स्थानमा छ।

श्रीलंका २ खेलबाट १ अंकसहित चौथो स्थानमा छ, र मालदिभ्स अंक विहीन पुछारको स्थानमा रहेको छ।

नेपालले लिग चरणको पहिलो खेलमा श्रीलंकालाई सोझो सेटमा हराएको थियो र दोस्रो खेलमा शनिबार भारतलाई ३–१ को सेटमा पराजित गरेको थियो।

इरानले शनिबार मालदिभ्सलाई सोझो सेटमा हराएको थियो र श्रीलंकामाथि ३–२ को सेटमा जित निकालेको थियो, तर भारतविरुद्ध ३–१ को सेटमा पराजित भएको थियो।

आजको पहिलो खेलमा श्रीलंका र मालदिभ्स भिड्नेछन्, जुन दिउँसो ३ बजे सुरु हुनेछ। मालदिभ्स र श्रीलंका पहिलो जितको खोजीमा छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *