काठमाडौँ, देशभर अहिले मनसुनी वायुको प्रभाव देखिएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार, मनसुनको न्यून चापीय रेखा पश्चिमतर्फ सरदर स्थानको दक्षिणतिर र पूर्वतर्फ सरदर स्थानको आसपास अवस्थित छ। यसकै प्रभावले देशभर आंशिक देखि साधारणतया बदली भएको छ, र गण्डकी र बागमती प्रदेशका केही स्थानमा हल्का वर्षा भइरहेको छ।

आज दिउँसो देशभर आंशिक देखि साधारणतया बदली रहनेछ। केही स्थानमा चट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको सम्भावना छ। विशेषगरी कोशी, गण्डकी, लुम्बिनी, र कर्णाली प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना छ।
राति, पहाडी क्षेत्रहरूमा आंशिक देखि साधारणतया बदली रहनेछ भने बाँकी भूभागमा आंशिक बदली देखि मुख्यतया सफा रहने छ। कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा साथै अन्य प्रदेशका एक–दुई स्थानमा चट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको सम्भावना छ।
कोशी, गण्डकी, लुम्बिनी, र कर्णाली प्रदेशका एक–दुई स्थानमा भारी वर्षा हुने सम्भावना रहेकोले यी क्षेत्रमा गेग्रान बहाव, बाढी, पहिरो, र भूक्षय जस्ता प्रकोपबाट बच्न महाशाखाले सतर्कता अपनाउन अनुरोध गरेको छ।