Untitled design 19

काठमाडौँ, हाल देशभर मनसुनी वायुको प्रभाव कायम रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार, मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित छ। यसको प्रभावले देशको पहाडी भूभागमा आंशिकदेखि साधारण बदलीको अवस्था रहेको छ। विशेषगरी कोशी र बागमती प्रदेशका केही स्थानहरूमा हल्का वर्षा भइरहेको छ।

Untitled design 19

आज दिउँसो देशभर आंशिकदेखि साधारण बदलीको अवस्था रहनेछ। बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका केही स्थानहरूमा चट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। ती प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ।

रातिको समयमा पनि देशभर आंशिकदेखि साधारण बदलीको अवस्था रहनेछ। बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका केही स्थानहरूमा चट्याङ्गसहित हल्का देखि मध्यम वर्षा हुने सम्भावना छ। यी प्रदेशका एक-दुई स्थानमा भारी वर्षा हुने सम्भावना पनि रहेको छ।

विशेष ध्यान दिनु पर्ने कुरा के छ भने, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा भारी वर्षाको सम्भावना रहेकोले, गेग्रान बहाव, बाढी, पहिरो तथा भूक्षय जस्ता प्रकोपहरूको जोखिम वा क्षतिबाट बच्नका लागि सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *