काठमाडौँ, हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार, मनसुनको न्यून चापीय रेखा पश्चिमतिर सरदर स्थानको दक्षिणतिर र पूर्वतिर सरदर स्थानको आसपास अवस्थित रहेको छ। यसका कारण देशभर आंशिकदेखि साधारणतया बदली भएको मौसम छ, र कोशी प्रदेशका केही स्थानमा हल्का वर्षा भइरहेको छ।

आज दिउँसो कोशी, बागमती, र लुम्बिनी प्रदेशका केही स्थानहरूमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ भने बाँकी प्रदेशका थोरै स्थानहरूमा पनि वर्षा हुने सम्भावना छ। यी प्रदेशका एक–दुई स्थानमा भारी वर्षा हुने सम्भावना रहेको छ।
आज राति पनि देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ। कोशी, बागमती, कर्णाली, र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा हुन सक्नेछ भने बाँकी प्रदेशका एक–दुई स्थानमा पनि वर्षा हुने सम्भावना छ।
महाशाखाले कोशी, बागमती, र लुम्बिनी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको हुँदा सम्भावित गेग्रान बहाव, बाढी, पहिरो तथा भूक्षय जस्ता प्रकोपको जोखिमबाट बच्न आवश्यक सतर्कता अपनाउन आग्रह गरे
