काठमाडौं, हाल देशभर मनसुनी वायुको प्रभाव जारी छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार, मनसुनको न्यून चापीय रेखा दक्षिणतिर रहेकोले सोमबार देशभर आंशिकदेखि साधारणतया बदलीको अवस्था देखिनेछ।

कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली, र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुन सक्ने सम्भावना छ। यी प्रदेशका एक-दुई स्थानहरूमा भारी वर्षा पनि हुन सक्छ।
मंगलबार पनि देशभर मौसम आंशिकदेखि साधारण बदली रहने अनुमान गरिएको छ। कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली, र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षा र मेघ गर्जनको सम्भावना जारी छ, भने गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा भारी वर्षा हुनसक्ने सम्भावना रहेको छ।
अत्यधिक वर्षाले प्रभावित क्षेत्रमा सतर्कता अपनाउन मौसम विभागले आग्रह गरेको छ।
