Untitled design 7 1

काठमाडौँ, देशभर मनसुनी वायुको प्रभाव कायम रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार, मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको छ।

Untitled design 7 1

बिहानको समयमा गण्डकी, लुम्बिनी, कर्णाली, र सुदूरपश्चिम प्रदेशमा साधारणतया बदली रहँदै, केही स्थानहरूमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ। बाँकी क्षेत्रमा आंशिकदेखि साधारणतया बदली देखिएको छ।

शुक्रबार दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ। सबै प्रदेशका केही स्थानहरूमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ।

रातको समयमा देशभर साधारणतया बदली रहनेछ। कोशी, मधेस, बागमती, र गण्डकी प्रदेशका केही स्थानहरू तथा अन्य प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ। बागमती, गण्डकी, लुम्बिनी, कर्णाली, र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा भारी वर्षा हुने सम्भावना रहेको छ।

गुल्मी र जाजरकोट जिल्लाका केही स्थानमा भारी वर्षा भएको छ। बागलुङको गलकोटमा पछिल्लो १२ घन्टामा ८३.४ मिलिमिटर पानी परेको छ, जबकि गुल्मीको मुसिकोटमा ८४.४ मिलिमिटर वर्षा मापन गरिएको छ।

यसैगरी, म्याग्दीको मुनामा ६९.२ मिलिमिटर र पर्वतको पन्चासेमा ६४.६ मिलिमिटर वर्षा भएको छ। नेपाल बाढी सूचना केन्द्रले यी स्थानहरू हुँदै बग्ने खोलाहरूको जल सतह बढ्ने पूर्वानुमान गरेको छ। साथै, भिरालो जमिनमा पहिरोको सम्भावना रहेकोले सतर्कता अपनाउन सल्लाह दिइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *