weather

काठमाडौँ, हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार, मनसुनको न्यून चापीय रेखा पश्चिमतिर सरदर स्थानको आसपास र पूर्वतिर सरदर स्थानको दक्षिणतिर अवस्थित छ, जसले गर्दा देशभर आंशिकदेखि साधारणतया बदली भएको छ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा हल्का देखि मध्यम वर्षा भइरहेको छ।

weather

आज दिउँसोको मौसममा देशभर आंशिकदेखि साधारणतया बदली रहने छ। कोशी, मधेस, बागमती, गण्डकी र कर्णाली प्रदेशका केही स्थानमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। साथै, कोशी प्रदेशका थोरै स्थान र बागमती, लुम्बिनी, कर्णाली तथा सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।

आज राति पनि देशभर आंशिकदेखि साधारणतया बदली रहने छ। कोशी, मधेस, लुम्बिनी र बागमती प्रदेशका केही स्थानमा र बाँकी प्रदेशका थोरै स्थानमा चट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको सम्भावना छ।

मौसम पूर्वानुमान महाशाखाले कोशी प्रदेशका थोरै स्थानहरूमा र बागमती, लुम्बिनी, कर्णाली तथा सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको जनाउँदै, ती क्षेत्रमा हुन सक्ने गेग्रान बहाव, बाढी, पहिरो र भूक्षय जस्ता प्रकोपबाट बच्न आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *